तनहुँ : व्यास नगरपालिकामा एकैचोटि १८ सहित तनहुँमा २० कोरोना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिकामा १८, म्याग्दे र शुक्लागण्डकीमा एक÷एक सङ्क्रमित थपिएका हुन् । सबै सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
व्यासमा थपिएका सङ्क्रमितको ठेगाना खुलाइएको छैन । व्यास नगरपालिकामा १६, ३१, २६, २०, २६, ३१, ३६, २८ वर्षीया महिलामा सङ्क्रमण भएको छ । त्यतै २६, ३६, ३३, ३८, ३६, ७३, ६१, २७, ६० र २० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै म्याग्देका २१ वर्षीया महिला र शुक्लागण्डकी–५ का ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।