एमाले नेता गुरुङको शीर्ष नेतालाई अपिल : विश्वासको वातावरण तयार पाराैं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले नेता गुरुङको शीर्ष नेतालाई अपिल : विश्वासको वातावरण तयार पाराैं

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७८, बिहीबार

    पाेखरा : नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टीलाई एकढिक्का बनाउन विश्वासको वातावरण गर्न शीर्ष नेतालाई अपिल गर्नुभएको छ । गण्डकी प्रदेशका आर्थिका मामिला तथा योजनामन्त्री समेत रहनुभएका नेता गुरुङले सबैले इख र बदलाको भावना त्यागेर एकअर्कालाई आरोप प्रत्यारोप र निषेध गर्ने राजनीति छाड्न आग्रह गर्नुभएको हो ।

    “सर्वप्रथम पार्टीलाई एकढिक्का बनाओैं । पार्टीलाई एकढिक्का बनाउने विश्वासको वातावरण तयार पारौं । विश्वास आफ्नैलाई गरौं,” नेता गुरुङले भन्नुभयो । नेता गुरुङले नेकपा एमाले र यो पार्टीको नेतृत्वमा अगाडी बढेको सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलन एक दिनमा बनेको होइन भन्दै भन्नुभयो, “यो एक जनाले निर्माण गरेको पनि होइन । हामीले किन बुझ्दैनौं ? त्यसैले हठ त्यागौं, अहमत्याइँ त्यागौं र त्यागौं म मात्र सही छु भन्ने सोंच र विचार ।”

    नेता गुरुङले पार्टीलाई एकताबद्ध बनाउने सहमतिका मिलन विन्दु खोज्न आग्रह गर्नुभएको छ । आफू पनि डुब्ने र अरूलाई पनि डुबाउने घृणित खेल पनि बन्द गर्न आग्रह गर्दै नेता गुरुङले नेपाली जनताको आशा, भरोसा र भविष्यसँग जोडिएको नेपाली कम्युनिष्ट आन्दोलन र यसका लाखौं लाख कार्यकर्ताहरूको त्याग र बलिदानमाथि खेलबाड नगर्न अपिल गर्नुभएको छ । “सबै नेता र कार्यकर्ताहरूमा मेरो हार्दिक अपिल छ–विद्रोह र विग्रहको दिशातर्फ होइन, एकताबद्ध पार्टी निर्माणको दिशातर्फ अगाडि बढौ, सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनलाई विग्रह र विखण्डनबाट जोगाउन आ–आफ्नो ठाउँबाट पहल गरौं । अन्यथा इतिहासले हामीलाई माफ दिने छैन ।”