कृषकलाई बोयर बोका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    कृषकलाई बोयर बोका

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७८, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ ले वडाभित्रका व्यावसायिक कृषकलाई बोयर बोका वितरण गरेको छ । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका कृषकलाई सघाउने उद्देश्य सहित वडा कार्यालयले ६ जना कृषकलाई बोयर बोका शतप्रतिशत अनुदानमा वितरण गरेको हो ।

    वडा कार्यालयले ७५ प्रतिशत बोयर बोका वितरण गरेको वडा सदस्य लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका–५ स्थित प्रकाश एग्रिकल्चर प्रालिबाट खरिद गरी कृषकलाई वितरण गरिएको हो । यो कार्यक्रमका लागि वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको थियो ।

    उक्त वडाका आपस्वाँरा टोलका हर्कबहादुर विक, गुँदी टोलका इन्द्रदेवी पन्थ, केशरीटोलका खेमबहादुर राना, बेनीकोट टोलका गङ्गामाया थापा, ओराङ्दी टोलका वीरेन्द्र नराल र बेलचौतारा टोलका क्षेत्रबहादुर आलेलाई बोयर बोका वितरण गरिएको हो ।