दमौली : कोभिड जोखिम न्युनीकरणका लागि तनहुँमा बुधबार रातिदेखि जारी निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार सञ्चालन भएका मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्र हमालले बिहानसम्म १८/१९ मोटरसाईकल नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सवारीलाई केही समयमा होल्डमा राखेर कानून बमोजिम कारवाही गरिने बताउनुभयो ।
निषेधाज्ञा कडा बनाउन जिल्लाभर अनावश्यक रुपमा सञ्चालन भएका सवारी नियन्त्रणमा लिन निर्देशन गरिएको उहॉले बताउनुभयो ।