तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–१ निवासी महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका–१ निवासी ६० वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
उहाँमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले शुक्रबार जानकारी दिएको छ । स्वास्थ्य निर्देशनालयले मृतक महिलाकाे ठेगाना व्यास-१ उल्लेख गरेपनि उनकाे वास्तविक ठेगाना व्यास-१२ रहेकाे बुझिएकाे छ ।
यो सहित कोरोना सङ्क्रमणबाट तनहुँका २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कोरोना सङ्क्रमणबाट व्यासका ९, शुक्लागण्डकीका ६, भिमादका ६, म्याग्देका तीन, ऋषिङका एक र आँबुखैरेनीका दुई जनाको मृत्यु भएको छ ।
फाइल तस्वीर