तनहुँ : तनहुँमा शुक्रबार २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु, शुक्लागण्डकी, म्याग्दे, व्यास र भिमादमा २७ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । २२ जना सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् भने पाँच जना लाइफ केयर एण्ड डायग्नाेष्टिक प्रालिमा गरिएकाे परीक्षणबाट पहिचान भएका हुन् ।
भानुमा एक, शुक्लागण्डकीमा एक, म्याग्देमा चार, व्यासमा दुई, भिमादमा १९ सङ्क्रमित थपिएका छन् । भानु नगरपालिका–१ का ३५ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–४ का ५० वर्षीय पुरुष, म्याग्दे गाउँपालिका–२ का ३०, ३०, ६३ वर्षीय पुरुष, म्याग्दे-३ की ३७ वर्षीया महिला, व्यास नगरपालिका–१ की ६० वर्षीया महिला, व्यास नगरपालिका–५ का २३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
भिमाद नगरपालिका–४ का ३२ वर्षीया महिला, भिमाद नगरपालिका–६ का ३३, ३६, २०, ३६, ६२, ३२, १७, ३९, २८ वर्षीया महिला र ४९, ४, ६२, १७, १२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यस्तै भिमाद-१ का ३३ वर्षीया महिला, २७, ४५ वर्षीय पुरुष र भिमाद नगरपालिका-२ का ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएकाे छ ।