मास्क नलगाउने ९८ लाई जरीवाना, १६० सवारी दुई घण्टा होल्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मास्क नलगाउने ९८ लाई जरीवाना, १६० सवारी दुई घण्टा होल्ड

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७८, शुक्रबार

    तनहुँ : निषेधाज्ञा अवधिमा मास्क नलगाई हिँडडुल गर्ने र सवारी चलाउने ९८ जनालाई प्रहरीले जरीवाना गराएको छ । कोभिड जोखिम बढेपछि तनहुँमा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गरिएको छ।

    प्रहरीले स्वास्थ्य मापदण्ड पूरा नगरी हिँडडुल गर्ने तथा सवारी चलाउने ९८ जनालाई रु एक सयका दरले जरीवाना गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । ती व्यक्तिहरुलाई सम्झाईबुझाई गरी मास्क समेत वितरण गरिएको उहॉले बताउनुभयो ।

    प्रहरीले बिहीबार र शुक्रबार निषेधाज्ञा उल्लङ्घन गर्ने १६० सवारीसाधनलाई दुई घण्टा होल्ड गरेर छाडेको छ ।