पाेखरा : गण्डकी प्रदेशमा एकैदिन हालसम्मकै धेरै कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा र ललितपुरमा गरिएको परीक्षणबाट गण्डकी प्रदेशमा एकैदिन एक हजार ३९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३३९ जनामा कोरोना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कास्कीमा मात्रै ८ सय ५६ सङ्क्रमित थपिएका छन् । त्यस्तै नवलपुर पूर्वमा ५४, स्याङ्जामा ५९, बागलुङमा ५३, तनहुँमा ६१, लमजुङमा २८, गोरखामा ६०, पर्वतमा १६७, म्याग्दीमा ५६ र मुस्ताङमा दुई जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै ८६ जना सङ्क्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।