तनहुँ : दोस्रो लहरको कोरोना सङ्क्रमण शुरु भएपछि तनहुँमा दैनिक रुपमा सङ्क्रमित थपिनेक्रम जारी छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार शुक्रबारसम्म एक सय ८३ जनामा सङ्क्रमण भएकामा १२ जना सङ्क्रमित निको भएका छन् ।
त्यसमध्ये एक सय ७० सङ्क्रमित सक्रिय रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस अवधिमा व्यास नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका छ, घिरिङ गाउँपालिकाका चार जना निको भएका छन् ।
कार्यालयका अनुसार भानुमा तीन, व्यास नगरपालिकामा ५४, दमौली अस्पतालमा पाँच, शुक्लागण्डकीमा ५०, भिमादमा ४८, म्याग्देमा चार, घिरिङमा एक, ऋषिङमा दुई, देवघाटमा दुई र बन्दीपुरमा एक जना सक्रिय सङ्क्रमित छन् । कार्यालयका अनुसार सबै सङ्क्रमित होम आइसोलेशनमा छन् ।