गण्डकीमा थप तीन सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थप तीन सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७८, शनिबार

    पाेखरा : गण्डकी प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कास्कीका दुई र पर्वतका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले शनिबार जनाएको छ ।

    कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा वैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा निमोनियाको समस्या पनि रहेको थियो ।

    पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।