तनहुँ : तनहुँमा शनिबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिकामा सङ्क्रमित थपिएका छन् ।
व्यासमा मात्रै १० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै शुक्लागण्डकीमा पाँच र भिमादमा दुई जना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिका–१ का ४३, ४१ वर्षीया महिला, ३४, ५२, २४ वर्षीय पुरुष, व्यास नगरपालिका–२ का ४४ वर्षीय पुरुष, व्यास नगरपालिका–४ का ६०, ५६ वर्षीय पुरुष, व्यास नगरपालिका–६ का ३५ वर्षीय पुरुष र व्यास नगरपालिका–१२ का ४१ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
शुक्लागण्डकी नगरपालिका–६ का ६५, ५२, ५४ वर्षीया महिला तथा ६९ र ४८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–६ का ४८ वर्षीय पुरुष र भिमाद नगरपालिका–९ का ७० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।