निषेधाज्ञा अवधिभर निःशुल्क सवारी उपलब्ध गराउने दुई मुस्लिम युवाको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निषेधाज्ञा अवधिभर निःशुल्क सवारी उपलब्ध गराउने दुई मुस्लिम युवाको घोषणा

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७८, शनिबार

    तनहुँ : तनहुँका दुई मुस्लिम युवाले निषेधाज्ञा अवधिभर अस्पताल जान निःशुल्क सवारी साधन उपलब्ध गराउने घोषणा गर्नुभएको छ । राजु मियाँ र इर्फान खानले निषेधाज्ञा अवधिभर अस्पताल जानुपरेमा निःशुल्क सवारी साधन उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

    दमौली, थर्पुदेखि पोखरासम्मका कुनै पनि अस्पतालमा इमर्जेन्सी जान परेको खण्डमा निःशुल्क सेवा दिने घोषणा ती युवाको छ । निषेधाज्ञाका कारण सर्वसाधारणलाई अस्पतालसम्म जान पनि अप्ठ्यारो परेको हुनाले आफूहरुले उक्त घोषणा गरेको राजु मियाँले बताउनुभयो ।