तनहुँमा एक सय ९ अक्सिजन सिलिन्डर मौज्दात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एक सय ९ अक्सिजन सिलिन्डर मौज्दात

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    तनहुँ : तनहुँ जिल्लामा एक सय ९ अक्सिजन सिलिन्डर मौज्दात रहेको पाइएको छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्यामा अक्सिजन सिलिन्डर मौज्दात रहेको पाइएको हो ।

    कोभिड सङ्क्रमित दिनदिनै बढेको र कुनैपनि बेला अक्सिजन चाहिन सक्ने भएकाले स्थानीय तहले अक्सिजनको व्यवस्थापन गरेका छन् । तर उक्त सङ्ख्या अझैपनि पर्याप्त रहेको छैन ।

    भानु नगरपालिकाले तीन थान, दमौली अस्पतालले ३० थान, शुक्लागण्डकी नगरपालिकाले सात थान, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले २५ थान, भिमाद नगरपालिकाले १० थान, म्याग्दे गाउँपालिकाले चार थान, घिरिङ गाउँपालिकाले एक थान, ऋषिङ गाउँपालिकाले तीन थान, देवघाट गाउँपालिकाले नौ थान, बन्दीपुर गाउँपालिकाले १३ थान र आँबुखैरेनी गाउँपालिकाले चार थान अक्सिजन सिलिन्डर व्यवस्थापन गरेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

    जिल्लाभर २९ एम्बुलेन्स

    कार्यालयका अनुसार जिल्लाभर २९ एम्बुलेन्स छन् । सबै एम्बुलेन्सलाई तयारी अवस्थामा रहन भनिएको छ । भानुमा पाँच, व्यासमा सात, शुक्लागण्डकीमा चार, जिपी कोइराला उपचार केन्द्रमा एक, भिमादमा दुई, म्याग्देमा तीन, घिरिङमा एक, ऋषिङमा एक, देवघाटमा एक, बन्दीपुरमा एक र आँबुखैरेनीमा तीन एम्बुलेन्स रहेका छन् ।