पाेखरा : गण्डकीमा थप ११ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार कास्कीका ६ जना सहित प्रदेशभर ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, म्याग्दी, पर्वत र रुपन्देहीका १÷१ जना छन् । कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । यस्तै पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डठकी मेडिकल कलेजमा मृत्यु भएको हो । यी ३ जना संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो ।
पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शबिार राती मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो । म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीइ संक्रमितको शुक्रबार बेलुका मृत्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोरोना देखिएको थियो ।
स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शबिार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो ।
त्यस्तै कास्कीकाे पाेखरा महानगरपालिका-१२ की ३५ वर्षीया महिलाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनमा वैशाख १६ गते सङ्क्रमण पुष्टि भएकाे थियाे ।
यसैगरी पर्वतकाे कुश्मा नगरपालिका-१३ का ४२ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनमा वैशाख २१ गते सङ्क्रमण पुष्टि भएकाे थियाे । प्रदेशभर कोरोनाका कारण मृत्यु ुहुनेको संख्या २ सय ६२ पुगेको छ ।