तनहुँ : तनहुँको व्यास नगरपालिकाले कोभिड रोकथामका लागि सबै वडामा फोकल पर्सन तोकेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा वैशाख २१ गते बसेको कोभिड व्यवस्थापन सम्बन्धी बैठकले प्रत्येक वडामा कोभिड रोकथामका लागि फोकल पर्सन तोक्ने निर्णय गरेको हो ।
नगरपालिकाले १४ वटै वडामा स्वास्थ्यकर्मीहरुलाई फोकल पर्सन तोकेको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित वडाका सर्वसाधारणले फोकल पर्सनसँग समन्वय गर्न सक्नेछन् ।
वडा नं १ मा उषा हड्खले, वडा नं २ मा सुनिल अधिकारी, वडा नं ३ मा रक्षा काफ्ले, वडा नं ४ मा सरोज मिश्र, वडा नं ५ मा उज्वल न्यौपाने, वडा नं ६ रामबहादुर गुरुङ, वडा नं ७ मा मिना लौडारी, वडा नं ८ मा पूजा सोती, वडा नं ९ मा देविन्द्र कार्की, वडा नं १० मा सरिता बोटे, वडा नं ११ मा मिलन सुर्खाली, वडा नं. १२ मा हरिशचन्द्र न्यौपाने, वडा नं १३ मा सागर तिवारी र वडा नं ४ मा पप्पु पङ्कज यादवलाई फोकल पर्सन तोकिएको छ ।
हाल व्यास नगरपालिकामा ४९ सक्रिय सङ्क्रमित छन् भने आठ जना सङ्क्रमणमुक्त भएका छन् ।