शुक्लागण्डकीमा ३५ सहित तनहुँमा थपिए ५३ कोरोना सङ्क्रमित (कुन वडामा कति ? सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा ३५ सहित तनहुँमा थपिए ५३ कोरोना सङ्क्रमित (कुन वडामा कति ? सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    तनहुँ : तनहुँमा आइतबार ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । यसले तनहुँ कोरोनाको उच्च जोखिममा परेको पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालयले दिउँसो सार्वजनिक गरेको विवरण अनुसार व्यासमा १८ र शुक्लागण्डकीमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ का व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ का व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको छ ।

    व्यास नगरपालिका वडा नं १ का २८, ६५, २८ वर्षीया महिला, ६०, ६७ वर्षीय पुरुष, वडा नं २ का ६०, ५३ वर्षीया महिला, ६५ वर्षीय पुरुष, वडा नं ३ का ४६, ३०, ४६ वर्षीया महिला, वडा नं ४ का ३९, १५ वर्षीया महिला, १२ वर्षीय पुरुष, वडा नं ५ का ३०, १०, ३२, ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिका वडा नं २ का २४, ३४ वर्षीया महिला, ४३, ५६ वर्षीय पुरुष, वडा नं ३ का ३८ वर्षीय पुरुष, वडा नं ४ का २४ वर्षीय पुरुष, वडा नं ५ का २५, ३५, ४४, २३, ६५, ३५, ६८ वर्षीया महिला, ५०, ६७, ४९, ३९, ३०, २१, ३४ वर्षीय पुरुष, वडा नं ६ का २४ वर्षीय पुरुष, वडा नं ७ का ४८, २६ वर्षीया महिला, ३०, ३५, ३४, २२, २७ वर्षीय पुरुष, वडा नं ८ का २२, २, ८, ३९ वर्षीया महिला र २८, ३९, २५ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

    No photo description available.