गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा (पूर्णपाठ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा (पूर्णपाठ सहित)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    पाेखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले प्रदेश प्रमुख सिता पाैडेलसमक्ष आइतबार अपरान्ह ३ बजे राजीनामा बुझाउनुभएकाे हाे ।

    उहाँ विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासकाे प्रस्ताव दर्ता गरेका छन् । त्यसउपर भाेलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियाे । यस अगावै गुरुङले राजीनामा दिनुभयाे ।

    माओवादी केन्द्र र जनमाेर्चाकाे समर्थनमा मुख्यमन्त्री बन्नुभएका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा छन् । यद्यपी उनी विरुद्धकाे अविश्वासकाे प्रस्तावमा जनमाेर्चाले हस्ताक्षर गरेकाे छैन् । तर पार्टीके केन्द्रले अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्न निर्देशन दिइसकेके छ ।

    राजिनामा-बक्तब्य