भानुका कोरोना सङ्क्रमित वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका कोरोना सङ्क्रमित वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, आईतवार

    दमाैली : तनहुँको भानु नगरपालिका–१ का एक कोरोना सङ्क्रमित वृद्धको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय पुरुष रहेका छन् ।

    श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा ती वृद्धको मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

    दुई दिन अगाडी पोखरास्थित ओम अस्पतालमा परीक्षण गराउँदा ती वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । “पोखरामा परीक्षणपश्चात् घर आएर बसेका वृद्धलाई श्वास फेर्न गाह्रो भएपछि आज एम्बुलेन्सबाट दमौली अस्पताल लगिएको रहेछ,” उहाँले भन्नुभयो ।