तनहुँ : नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण बढेपछि तनहुँमा आइतबार एकैदिन हालसम्मकै बढी सङ्क्रमित पहिचान भएका छन् । पोखरा र ललितपुरमा गरिएको परीक्षणबाट तनहुँमा आइतबार मात्रै ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी नगरपालिकामा ४४, व्यास नगरपालिकामा २५, बन्दीपुर गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा एक, म्याग्दे गाउँपालिकामा एक र भानु नगरपालिकामा एक जना सङ्क्रमित थपिएका छन् ।
योसँगै तनहुँमा कूल सङ्क्रमितको सङ्ख्या ३ सय ११ पुगेको छ भने २५ जना निको भइसकेका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८४ छ ।