भानु नगरवासीलाई कोभिड खोप उपलब्ध गराउन माओवादी केन्द्रको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नगरवासीलाई कोभिड खोप उपलब्ध गराउन माओवादी केन्द्रको माग

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७८, आईतवार

    भानु : नेकपा माओवादी केन्द्र भानु नगर कमिटीले सम्पूर्ण नगरवासीलाई खोप उपलब्ध गराउन माग गरेको छ । आइतबार भानु नगरपालिकाका प्रमुख उदयराज गौली र प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीसँग भेटघाट गर्दै नेकपा माओवादी केन्द्रले यथाशक्य छिटो कोभिड खोपको व्यवस्थापन गर्न माग गरेको हो ।

    केन्द्रले पारदर्शी तबरले नगरपालिकाका आयोजनाहरुको छनौट कार्यान्वयन र अनुगमन गर्न, बलपूर्वक बजेटको मूल अंश कार्यपालिकाले नै होल्ड गर्ने र वितरणमा दामासायी नीति भन्दै वस्तुगत आवश्यकतालाई ओझेल पार्ने प्रवृत्तिको अन्त्य गर्न समेत ध्यानाकर्षण गराएको नेकपा माओवादी केन्द्रकी नेतृ ओमकुमारी पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नगरपालिकामा क्रियाशील राजनीतिक दललाई छलफल, आवश्यक परामर्श र नीति निर्माण र कार्यान्वयनमा सहभागिता गराउन, केन्द्र प्रदेश र स्थानीय तहका आयोजनाहरुको अनुगमन निरीक्षण र स्थगत भेटघाटहरुमा दलहरुको सहभागिता गराउन, विभिन्न वडाहरुमा देखिएको कर्मचारी अभाव र कार्य सम्पादनमा आइ परेका कठिनाई समाधान गर्न, डम्पिङ साइडको काम तत्काल सुचारु गर्न, स्वास्थ्य, शिक्षा र कृषिमा पर्याप्त बजेट विनियोजन र रोजगारी सिर्जना गर्न र वितरणमा कनिका छर्ने प्रवृत्ति नभई दिगो र परिणाममुखी कामका लागि जोड दिन आग्रह गरिएको छ ।