भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    तनहुँ : भेरोसेल खोप लगाएका तनहुँका ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ । गत जेठ २५ गतेदेखि पहिलो मात्राको खोप लगाएका ६४, ६३ र ६२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।

    उक्त उमेर समूहका ४ हजार ९ सय १५ जनाले पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा खोप अभियान सम्बन्धित स्थानीय तहको समन्वयमा स्थानीय खोप केन्द्रबाट सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । खोपको व्यवस्थापन स्वास्थ्य कार्यालयले मिलाउनेछ ।