छुपुमा छुपु रोपेर धान…..(फाेटाे/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छुपुमा छुपु रोपेर धान…..(फाेटाे/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    दुलेगौँडा : मध्य असारको दिन ।  क्रङ्क्रिटका संरचनाले खेत घट्दै गएको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीकुना फाँटमा मान्छेको हुल थियो । कोरोना त्रासमै पनि मुखमा मास्क लगाएर सयौँ भेला भएका थिए । बिहान ११ बजेको आसपास फाँटमा पञ्चेबाजा घन्कन थाल्यो । जतिबेला त्यहाँ औपचारिक कार्यक्रमले बिट मारिसकेको थियो ।  पाका उमेरका एकाध महिलाले असारे भाका गुञ्जाए । कार्यक्रममा अतिथिकाे रुपमा उपस्थित सरोकारवाला पञ्चेबाजा र असारे गीतको तालमा दबदबे हिलो (खेत)मा पसे ।

    स्थानीयसँगै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले हल गोरु समाएर खोप लगाउन थाल्नुभयाे । गण्डकी प्रदेश सभा सदस्य आशा काेइराला र जिसस उपप्रमुख पवित्रा पौडेल लगायत जनप्रतिनिधिले हरियो धानको बीउ दबदबे हिलोमा छुपु छुपु रोप्नुभयाे । स्थानीय महिलाहरु पनि धान रोप्न कस्सिए । हिलो छ्याप्दै नाचेर रमाए ।

     मंगलबार १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महाेत्सवमा देखिएको दृश्य थियो यो ।  दरगाउँ कालिका कृषि तथा शहकारी संस्थाले कृषि ज्ञान केन्द्र तनहुँको सहकार्यमा खैरेनीकुना फाँटमा पहिलोपटक रोपाई महोत्सव गरेको हो ।  शब्द/तस्बिर : विनोद ढुंगाना