पिसिआर प्रयोगशालाका लागि व्यासका कर्मचारीको तलब
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पिसिआर प्रयोगशालाका लागि व्यासका कर्मचारीको तलब

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    दमाैली : व्यास नगरपालिकाले दुम्सीबजारमा स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि कर्मचारीले तलब सहयोग गरेका छन् । व्यास नगरपालिका अन्र्तगत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीहरुले प्रयोगशालाका लागि रु ६ लाख सहयोग गरेका हुन् ।

    अधिकृत तहमाथिका कर्मचारीबाट पाँच दिन, सहायक स्तरका कर्मचारीबाट तीन दिन र श्रेणीविहिन कर्मचारीबाट एक दिन बराबरको तलब प्रदान गर्ने निर्णय भएको नगरपालिकाका उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    यसअघि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक रकम प्रयोगशालालाई सहयोग गर्ने निर्णय गरिसकेका छन् । जसबापत करिब रु १२ लाख जम्मा हुने नगरपालिकाका लेखा अधिकृत हेमन्त गुरुङले जानकारी दिनुभयो ।