थर्पुमा पहिरोले अवरुद्ध राजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पुमा पहिरोले अवरुद्ध राजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    १५ असार २०७८, बुधबार

    म्याग्दे : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक ८ बजेदेखि सुचारु भएको प्रहरीले जनाएको छ ।

    लेदो माटो सहितको पहिरो हटाएपछि राजमार्ग सुचारु भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।

    सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले वर्षाका कारण बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी र खोलाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने लगायतका कार्य नगर्न अनुरोध गर्नुभयो । साथै सेती, मादी, मस्र्याङ्दी, त्रिशुली, कालीगण्डकी लगायत नदी र अन्य खोलाको छेउछाउ नजान अनुरोध गरिएको छ ।

    कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन सञ्चालन केन्द्रको नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६००११११ र प्रहरी उपरिक्षकको नम्बर ९८५६०६५५५५ मा सम्पर्क गरी जानकारी गराउन प्रशासनले अपिल गरेको छ ।