गण्डकी प्रदेशमा संक्रमण दरमा वृद्धि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा संक्रमण दरमा वृद्धि

    खबरपुञ्ज संवाददाता

    १५ असार २०७८, बुधबार

    पाेखरा : गण्डकीमा पछिल्लो केहिदिन देखि कोभिड १९ संक्रमण दर बढेको छ। गण्डकी प्रदेशको स्वास्थय निर्देशनालयका अनुसार विगत १० दिनमा कम हुँदै गएको संक्रमण दर बढेको हो।

    पछिल्लो २४ घण्टामा गण्डकीमा २८३ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। जसमध्ये कास्कीमा सबेभन्दा बढी ११९ जना र तनहुँमा ४४ र नवलपरासी पूर्वमा ४३ रहेको छ। यस्तै, बागलुङमा २९ जना र स्याङजामा २२ जना संक्रमित भेटिएका छन्। मनाङ र मुस्ताङमा शून्य संक्रमण देखिँदा अन्य जिल्लामा १० जना भन्दा कम संक्रमित पहिचान भएका छन्।

    संक्रमण दर बढेकोले निर्देशनालले एक सूचना जारी गर्दै अनावश्यक काम नपरी घरबाट नानिस्कन आग्रह गरेको छ। निषेधाज्ञा खुकुलो भएसँगै मानिसको चहलपहल बढेको र संक्रमण फैलिने जोखिम हुने हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न, मास्क र स्यानिटाइजका सागै व्यक्तिगत सुरक्षाका सामाग्रीहरुको प्रयोग गर्न र भिडभाड नगर्न निर्देशनालयले आग्रह समेत गरेको छ।