मालपोतमा काम छ ? बार हेरेर सेवा लिन आउनुहोस् !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मालपोतमा काम छ ? बार हेरेर सेवा लिन आउनुहोस् !

    खबरपुञ्ज संवाददाता

    १५ असार २०७८, बुधबार

    दमौली : मालपोत कार्यालय तनहुँले बार अनुसार सर्वसाधारणलाई सेवा प्रवाह गर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले असार २० गतेदेखि सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै मालपोतले बार अनुसारको तालिका सार्वजनिक गरेको हो ।

    मालपोत अत्याधिक भीडभाड हुने कार्यालय भएकाले सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्ड अपनाइने कार्यालय प्रमुख चिरञ्जीवि पौडेलले बताउनुभयो । जिल्लाका दश वटै स्थानीय तहलाई बार अनुसार सेवा प्रवाह गरिने उहॉले बताउनुभयो ।

    कार्यालयका अनु्सार आइतबार र सोमबार व्यास, मङ्गलबार शुक्लागण्डकी, बुधबार भिमाद, ऋषिङ, म्याग्दे, बिहीबार भानु, देवघाट, घिरिङ र शुक्रबार बन्दीपुर र ऑबुखैरेनीका सर्वसाधारणलाई सेवा दिइनेछ ।

    बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले असार २६ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर यही असार २४ गतेसम्म पुर्याएको छ । तर असार २० गतेदेखि जिल्लाका सबै सरकारी कार्यालय खुल्नेछन् ।