तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकीका एक पुरुषको मङ्गलबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
शुक्लागण्डकी–६का ४१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । उहाँमा असार ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
९४ थपिए
यसैगरी तनहुँमा थप ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमध्ये ४६ महिला र ४८ पुरुष छन् ।