दमाैली : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले खडा गरेको कल्याणकारी कोषमा राेटर्याक्ट क्लव अफ दमौलीले सहयोग गरेको छ । क्लवले स्थापना दिवसका अवसरमा बुधबार कल्याणकारी कोषका लागि रु पाँच हजार दश सहयोग गरेको हो ।
क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले शाखा अध्यक्ष उज्वल पौडेललाई उक्त रकम हस्तान्तरण गर्नुभयो । सञ्चारकर्मीको हितमा खर्च हुने गरी स्थापना गरिएको कोषमा सहयोग गर्न पाएकामा क्लवका अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।
शाखा अध्यक्ष पौडेलले सामाजिक संस्थाको रुपमा क्रियाशील क्लवको तर्फबाट महासङ्घको अभियानमा सहयोग गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । कल्याणकारी कोषमा सहयोग जुट्ने क्रम जारी छ ।