दमाैली : तनहुँमा आजदेखि दिउँसो १ बजेसम्म पसल खुल्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पसल खुल्नेछ । अत्यावश्यक सेवा तथा वस्तु विक्रीको पसल भने बिहान ५ बजेदेखि १० बजेसम्म खुल्ला हुनेछ ।
सङ्कट व्यवस्थापन केन्द्रले आजदेखि असार २४ गतेसम्म निषेधाज्ञा थपेको छ । स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीहरुले समेत स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाउन प्रशासनले आग्रह गरेको छ ।
सार्वजनिक सवारी नचल्ने, निजी जोर विजोरबाट
यस्तै निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका साधन भने नचल्ने भएको छ । देशका अन्य जिल्लामा सार्वजनिक यातायातका साधन जोरविजोरबाट चल्न अनुमति दिइएपनि तनहुँमा पनि रोक लगाइएको छ। निजी सवारी साधनहरु भने मिति अनुसार जोर गते जोर र विजोर गते विजोर सञ्चालन गर्ने निर्णय भएको छ ।