दमौली : अविरल वर्षासँगै आएको बाढीले व्यास-१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्ग अन्तरगत बेलबास नजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।
मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिनुभयो ।