दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडखकण्ड अवरुद्ध भएको छ । निरन्तर परेको वर्षासँगै खसेको पहिरोले आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा बिहान ३ः३० बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चार ठाउँमा खसेको पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।
यसैगरी पृथ्वीराजमार्गअन्तर्गत नै बन्दीपुरस्थित डुम्रेको चिसापानी, नयाँ पुलमा पनि पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
फाइल फाेटाे