बन्दीपुर तामुङमा पहिरोले घर पुरियो, एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर तामुङमा पहिरोले घर पुरियो, एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    तनहुँ : अविरल वर्षासँगै आएको पहिरोले तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा करिब ३०÷३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको हो ।

    वडासदस्य खड्कबहादुर थापाका अनुसार घर पुरिँदा थापाको मृत्यु भएको हो । सोही घरका एक जना गम्भीर घाइते भएका छन् । पहिरोले सोही ठाउँमा अर्को घर पुर्दा एक जना महिला बेपत्ता भएको उहाँले बताउनुभयो । “बेपत्ता हुनुभएको उहाँ भेटिनुभएको छैन, खोजी भइरहेको छ,” थापाले भन्नुभयो । त्यसैगरी सोही ठाउँकै अर्को घर भत्किएपनि मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।

    बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बुधबारमात्रै उक्त ठाउँमा पुगेर जोखिम भएका घरमा नबस्न सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो । “प्रहरीलाई लिएर हिजो त्यस ठाउँमा पुगेर जोखिमयुक्त घरमा नबस्नु है भनेर आएका थियौ,” उहाँले भन्नुभयो, “आज दुःखद घटना भयो ।”

    फाइल फाेटाे