विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    विमलनगरमा मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्याे

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    तनहुँ : अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

    पछिल्लो ६ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुन सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    लमजुङको घरेढुङ्गा, राइनसटार लगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।