तनहुँमा बाढीपहिरोको घटनाप्रति श्रेष्ठद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा बाढीपहिरोको घटनाप्रति श्रेष्ठद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    तनहुँ : अविरल वर्षासँगै बिहीबार बाढीपहिरोले तनहुँमा पु¥याएको क्षतिप्रति विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले दुःख व्यक्त गर्नुभएको छ । विभिन्न स्थानमा बाढी र पहिरोले जनधनको क्षति भएकामा श्रेष्ठले दुःख व्यक्त गर्नुभएको हो ।

    श्रेष्ठले बन्दीपुर–३ तामुङमा पहिरोबाट ज्यान गुमाउने दुई जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । त्यस्तै छाब्दी खोलामा आएको बाढीले भत्किएको व्यास–१ र १३ जोड्ने पक्की पुल तत्काल पुनर्निर्माण गरी यातायात सञ्चालनको वातावरण बनाउन श्रेष्ठले प्रदेश र स्थानय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    प्राकृतिक प्रकोपको कारण भएको क्षतिबाट नागरिकलाई बचाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै सांसद श्रेष्ठले तीनवटै तहका सरकारको संयुक्त प्रयास र समन्वयले मात्रै प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई कम गर्न र पीडितलाई उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुग्ने बताउनुभयो ।