बाढीपहिरो : तनहुँमा अहिलेसम्म कहाँ–कहाँ भयो मानवीय क्षति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरो : तनहुँमा अहिलेसम्म कहाँ–कहाँ भयो मानवीय क्षति ?

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली : केही दिनदेखि परेको अविरल वर्षाका कारण बिहीबार तनहुँमा ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले उपलब्ध गराएको विवरण अनुसार बिहीबार बिहान ११ः३० बजेसम्म पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ ।

    पहिरोमा पुरिएर नै तीन जना घाइते भएका छन् भने दुई जनाको जीवितै उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका–३ तामुङमा ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको पहिरोले पुरिएर मृत्यु भएको छ । पहिरोमा पुरिएर ३५ वर्षीय सुभाष थापा, ६६ वर्षीय लिलबहादुर थापा, ६५ वर्षीया दाउरीमाया थापा घाइते भएका छन् । घाइते सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी सिम्लेमा पहिरोले पहिरोले घर पुरिँदा ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको छ । उक्त घरका ९ वटा बाख्रा र एक वटा भैसी मरेका छन् ।

    सोही ठाउँ बस्ने टेकबहादुर महतको गोठमाथिबाट पहिरो आई गोठ भत्किदा दश वटा बाख्रा र एउटा भैसी मरेको छ । मानवीय क्षति भने छैन ।