दमाैली : पहिरोले आज बिहानैदेखि अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।
निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “साना सवारी सञ्चालन भएका छन्, दुईतर्फी सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उहाँले भन्नुभयो ।
मङ्गलबारदेखि परेको वर्षाका कारण तनहुँको बन्दीपुरस्थित डुम्रेमा पनि बिहान पहिरो गएको थियो ।