म्याग्दे : लायन्स क्लव अफ तनहुँ म्याग्देको अध्यक्षमा सुरेन्द्र अधिकारी चयन हुनुभएको छ । क्लवको वर्ष २०२१/२२ का लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
विगत एक वर्ष देखि सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्न सफल क्लवले २०२१÷२२ को कार्यसमितिलाई पदहस्तान्तरण गरेको छ । संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठले अध्यक्ष अधिकारीलाई पदहस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा क्लष्टर चिफ सन्तोष घिमिरेले डिष्ट्रिक गर्भनर लायन विशेश्वर आचार्यले ल्याउनुभएको “खुशीका लागि सेवा” भन्ने योजनामा केन्द्रित भई लायन्स मोडल भिलेज र वेलफेयर बैंक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
सो अवसरमा लायन वर्ष २०२०/२१ को कार्यकाललाई उत्कृष्ट र सफल बनाउनका महत्वपूर्ण भूमिका खेल्ने नुक्त भुजेललाई सम्मान गरिएको छ । क्लवका नवनिर्वाचित अध्यक्ष अधिकारीले विगतमा भन्दा सशक्त र चुस्तदुरुस्त भई क्लवका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष सुन्दरमणि अधिकारी, डिष्ट्रिक कमिटी चियर पर्सनमा पदोन्नति हुनुभएका संस्थापक अध्यक्ष श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।