म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–५ मा बिहीबार बिहान वर्षासँगै आएको पहिरोले दुई जना घाइते भएका छन् । पाँच कोठाको ब्लकले बनेको घरमा माथिबाट खसेको पहिरोले लागेर ४५ वर्षीय बुद्धिबहादुर परियार र निजका छोरा २५ वर्षीय रोजन परियार घाइते भएका हुन् ।
दुवै जनाको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोले घरमा आंशिक क्षति पुगेको छ । ६ जनाको परिवार रहेकामा अन्य सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।