दुलेगौँडा : बुधबार रातिदेखि तनहुँमा अविरल बर्षा भईरहेको छ । वर्षाका कारण बाढी पहिरोले जिल्लामा आतंक नै मच्याएको छ । जिल्लामा पर्ने पृथ्वीराजमार्ग त बर्षाले खोला जस्तै बन्यो । शुक्लागण्डकी नगरपालिकाको हलेदी, दुलेगौँडा, बेलचौतरा, खैरेनीटार बजार क्षेत्रमा सडक जलमग्न बन्यो ।
उता बन्दीपुर गाउँपालिकाको डुम्रे बजार क्षेत्रको सडक खोला जस्तै देखियो । सडक किनारमा बनाईएको नाली सानो भएर सडक जलमग्न हुदाँ दुर्घटनाको जोखिम मोलेर सवारी हुईकिरहे । पृथ्वी राजमार्गको तनहुँ खण्डमा विभिन्न स्थानमा पहिरो खस्दा सडक अबरुद्ध हुन पुग्यो ।
तस्बिर सौजन्य : हरि खेरल/ पुर्णसिंह थापा