कोरोना सङ्क्रमण : तनहुँका दुई महिलाको मृत्यु, ८ थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : तनहुँका दुई महिलाको मृत्यु, ८ थपिए

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार व्यास र भिमादका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    व्यास-११ की ४५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार मृत्यु भएको छ । उहॉमा असार १२ कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    भिमाद-६ की ८१ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहॉमा असार ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    ८ सङ्क्रमित थपिए

    यसैगरी तनहुँमा ८ कोरोना सङ्क्रमित थपिएका छन् ।थपिनेमध्ये तीन महिला र पॉच पुरुष छन् । चार जना एन्टिजेन परीक्षणबाट पहिचान भएका हुन् ।