बन्दीपुरका बाढीपहिरो पीडितलाई निशुल्क खाना र बस्ने व्यवस्था
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका बाढीपहिरो पीडितलाई निशुल्क खाना र बस्ने व्यवस्था

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७८, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुरका बाढीपहिरो पीडितलाई बन्दीपुर बजारमा रहेको हिमालय एसेस होटलले निशुल्क गास र बासको व्यवस्था गर्ने भएको छ ।

    केही दिनदेखि परेको वर्षाका कारण बन्दीपुर-३ तामुङमा बिहीबार आएको पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोका कारण यहॉका अन्य वडामा पनि घर जोखिममा परेको छ । बाढीपहिरो पीडितलाई हिमालय एसेस होटलले निशुल्क खाना तथा बस्ने व्यवस्था मिलाएको होटलका सञ्चालक बसन्त पौडेलले जानकारी दिनुभयो ।

    “पहिरोका उच्च जोखिममा रहेका जुनसुकै वडाका वासिन्दालाई वर्षा नरोकिएसम्म खाना र बस्न निशुल्क व्यवस्था गरेका छौ,” उहॉले भन्नुभयो । युवासङ्घ नेपाल तनहुँका सचिवालय सदस्य समेत रहनुभएका पौडेलले विपद्को घडीमा सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्नुभयो ।