डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    तनहुँ : पहिरोका कारण तनहुँको डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

    तनहुँको भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आएपनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    “हिजो दिउँसो पहिरो हटाएर सडक सुचारु गराइएपनि फेरि अवरोध भएको छ,” उहाँले भन्नुभयो, “ठूलो पहिरो खसेकाले पहिरो हटाउन चार÷पाँच घण्टा भन्दा बढी समय लाग्ने देखिन्छ ।”

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ । “बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुन सकेको छैन,” प्रनाउ तिमिल्सिनाले भन्नुभयो ।