मस्र्याङ्दी नदीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मस्र्याङ्दी नदीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासियो

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    तनहुँ : केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो ।

    बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिनुभयो । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे ।

    पुल भासिएको अनुगमनका लागि आँबुखैरेनीको जनप्रतिनिधि लगायत कर्मचारीको टोली त्यसतर्फ जान लागेको पोख्रेलले बताउनुभयो । तनहुँका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले पनि पुलको अनुगमन गर्ने तयारी गरेको छ । पोखराबाट प्राविधिक टोली पनि आउने तयारीमा रहेको जानकारी पाएको पोख्रेलले बताउनुभयो ।

    तस्वीर : रामबहादुर धामी