दमाैली : तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पहिरो पीडितलाई राष्ट्रिय युवा सङ्घ नेपाल तनहुँका युवा नेताले ब्ल्याङ्केट र नगद सहयोग गर्नुभएको छ । युवा सङ्घ व्यास नगर समितिका संयोजक कृष्णकुमार श्रेष्ठले पहिरोबाट ज्यान गुमाउनुभएकी सरस्वती थापाको परिवारलाई ब्ल्याङ्केट र नगद रु तीन हजार सहयोग गर्नुभएको हो ।
बुधबार राति घर पुरिँदा थापाको मृत्यु भएको थियो भने उहाँका देवर सुभाष थापा, ससुरा लिलबहादुर थापा र सासु दाउरीमाया थापा घाइते हुनुभएको थियो । घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार अस्पतालमा पुगी पीडितलाई सहयोग गरिएको युवा नेता एवं जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।