बाढीपहिरोको घटनाप्रति काङ्ग्रेस तनहुँद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरोको घटनाप्रति काङ्ग्रेस तनहुँद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले जिल्लामा बाढीपहिरोको घटनाप्रति दुःख व्यक्त गरेको छ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले मृत्यु भएका परिवारलाई सान्त्वना दिँदै काङ्ग्रेस तनहुँले धैर्यधारण गरी आवश्यक सजकता अपनाउन अपिल गरेको छ ।

    जिल्ला सचिव विश्व बाँस्तोलाले शुक्रबार प्रेस विज्ञप्तीमार्फत् जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्राकृतिक विपत्तिको अवस्थामा क्षतिको विवरण स्थानीय तहमार्फत् सङ्कलन गर्नुका साथै राहत र उद्धार कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीका सबै कार्यकर्तालाई काङ्ग्रेसले आह्वान गरेको छ ।

    साथै छाब्दीखोला पुल लगायतका संरचना तत्काल निर्माण गरी पीडितहरुको उद्धार, राहत र पुनस्थापनाका कार्य तत्काल प्रभावकारी रुपमा गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई काङ्ग्रेसले अनुरोध गरेको छ ।

    बिहीबार आएको पहिरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यस्तै थुप्रै पशुचौपाया बगाएका छन् ।