तनहुँ : निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न आयोजनाको शुक्रबार अनुगमन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकको नेतृत्वमा व्यासका वडामा सञ्चालित आयोजनाको शुक्रबार अनुगमन गरिएको हो ।
अनुगमन टोलीले व्यास–४ स्थित सुवर्ण मोटरमार्ग, व्यास–१० स्थित कलेस्ती पुलबाट अधेरी भञ्ज्याङ हुँदै धैरेनी जाने बाटो स्तरीकरण, सोही वडाको चन्द्रकान्त चोक हुँदै नयाँ बस्ती माई थुम्का मोटरमार्गको कार्यप्रगति जानकारी लिएको छ ।
कोरोना कहरका कारण अधिकांश योजना समयमै सम्पन्न हुन नसकेको र केहीले यही महिनाभित्रै योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको अनुगमनमा सहभागी जिल्ला समन्वय समितिका प्रवक्ता एवं सदस्य गलबहादुर गुरुङले जानकारी दिनुभयो ।
अनुगमनमा प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपािलकाका उपप्रमुख मीरा जोशी, व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास–४ का वडाध्यक्ष विश्व न्यौपाने, पूर्वाधार विकास कार्यालयका अधिकृत दधिराज पौडेल, इन्जिनियर ओम गिरी लगायतको सहभागिता थियो ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् जिल्लामा सञ्चालित विभिन्न योजनाको अनुगमन भइरहेको छ ।