तनहुँ : बुधबार राति परेको भिषण वर्षाले छाब्दी खोलाको पक्की पुल भत्कियो । व्यास नगरपालिकाको भादगाउँ र बेलवास जोड्ने पक्की पुल भत्किएन मात्रै ग्रामीण बस्तीसँग सदरमुकाम दमौली बजारको दूरी पनि बढाएको छ । १८ वर्ष अगाडी बनेको मोटर गुड्ने यही पुलबाट आतेजाते गर्ने सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आईलागेको छ ।
यातायात सञ्जालबाट ग्रामीण बस्तीकाे सम्बन्ध टुटेकाे छ । किसानले उत्पादन गरेको कृषि उपज दमौली ल्याएर बेच्न सास्ती भएको छ । ग्रामीण भेगमा दैनिक उपभोग्य बस्तुको ढुवानी हुन सकेको छैन् ।
हेर्नुस् फाेटाेमा :