म्याग्देका औषधि पसलमा गाउँपालिकाकाे अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका औषधि पसलमा गाउँपालिकाकाे अनुगमन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    म्याग्दे : म्याग्दे गाउँपालिका भित्रका औषधि पसलमा गाउँपालिकाले अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीकाे टाेलीले औषधि पसलकाे अनुगमन गरेकाे हाे ।

    गाउँपालिकाका याेजना शाखाका प्रमुख श्रीराम खनालका अनुसार थर्पु स्थित निकाे स्वास्थ्य क्लिनिक, म्याग्दे पाेलिक्लिनिक, थर्पु औषधि पसल, निश्चल फार्मेसी, साेम भेटेरीनरी सेन्टरमा अनुगमन गरिएकाे थियाे ।

    साे क्रममा पसल दर्ता, मूल्यसूची, उपभाेग्य मिति, बिल लगायतकाे अनुगमन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयाे । अनुगमनका क्रममा केही पसलमा पान नम्बर नभएको बिल प्रयाेग गरिएकाे भेटिएकाे थियाे । त्यस्ता पसललाई सचेत गराइएकाे छ ।

    अनुगमन टाेलीमा स्वास्थ्य शाखाका दिनेश पण्डित , नवराज पाेख्रेल, इन्द्र प्रसाद खनाल, तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाईका सभापति भिमलाल श्रेष्ठ लगायतकाे सहभागिता थियाे ।