बन्दीपुर–ढाडखोलाको पहिरो हटाउन शुरु, डुम्रे–बन्दीपुरको शनिबार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर–ढाडखोलाको पहिरो हटाउन शुरु, डुम्रे–बन्दीपुरको शनिबार

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    बन्दीपुर : अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो हटाउन शुरु गरिएको छ । बन्दीपुर–ढाडखोला मोटरमार्गमा विभिन्न ठाउँमा आएको पहिरो हटाएर सडक सुचारु गर्न शुरु गरिएको हो ।

    शुक्रबार बेलुकीदेखि पहिरो पन्छाउने काम शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ । ठाउँ ठाउँमा सडक भासिएको छ ।

    त्यस्तै डुम्रे–बन्दीपुर सडकखण्डको पहिरो शनिबारदेखि हटाउन शुरु गरिनेछ । “पहिरोले गाउँपालिकाभित्रका विभिन्न वडाका सडक अवरुद्ध भएका छन्, क्रमशः अन्यत्र पनि पहिरो हटाउने काम गर्छौ,” उहाँले भन्नुभयो । पहिरोले विद्युत पोलमा क्षति पु¥याएपछि बन्दीपुरका अधिकांश ठाउँ बिहीबारदेखि अन्धकार छ । “बिजुलीको समस्या पनि शनिबार दिनभरमा समाधान हुन्छ,” गुरुङले भन्नुभयो । पहिरोले गाउँपालिकाभित्रका सडक, विद्युत, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।