मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको टावर बग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको टावर बग्यो

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, शनिबार

    तनहुँ : बाढीले लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने प्रसारण लाइनको ९ नम्बर टावर बगाएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार असार १९ गते बिहान ६ बजेतिर लमजुङको मध्य मर्स्याङ्दी देखि तनहुको मर्स्याङ्दी विद्युतगृह जोड्ने १३२ केभी डबल सर्किट प्रसारण लाइनको ९ नम्बर टावर बगाएको हो ।

    पाउदी तथा फुलबारी भन्ने ठाउको बिचतिर खोला नदीमा आएको बाढी पहिरोले टावर बगाएको प्राधिकरणले जनाएको छ । टावर बगाएसंगै माथिल्लो र मध्य मर्स्याङ्डी विद्युतगृहबाट उत्पादन हुने क्रमश ५० र ७० गरि कुल १२० मेगावाट विद्युत प्रासारण ग्रीडबाट बिच्छेद हुन पुगेको छ।

    उक्त टावरको अवस्था बुझ्न र आपत्कालीन मर्मतको लागि टोली साइटतिर गएको तर सो साइटसम्म पुग्न निरन्तरको बर्षा, बाटोमा पहिरो, टेलिफोन विच्छेद आदि कारणले मुस्किल भएको प्राधिकरणले जानकारी दिएको छ ।